नवलपुर दुर्घटना: मृतकमध्ये चार जनाको पहिचान

नवलपुर | कात्तिक २६, २०८०

नवलपुर दुर्घटना: मृतकमध्ये चार जनाको पहिचान

नवलपुर:    नवलपुरको देवचुली नगरपालिका –८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये चार जनाको पहिचान खुलेको छ । बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।


मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, बुलिङटार गाउँपालिका ४ का १२ वर्षीया करिश्मा ठाडा रहेको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । 


अन्य दुई जनाको अझै पहिचान खुलेको छैन । मध्यविन्दु नगरपालिका –२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


जीपमा ७ जना सवार रहेकोमा एक जना गम्भीर घाइते भएको पौडेलले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डण्डा लगिएको छ । 

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्